आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चारदिन देखि हराइरहेकी युवतीको शव भेटियो, सामूहिक बलात्कार गरेको आशंका

बुधबार, भाद्र २ २०७८

काठमाडौँ । सर्लाहीबाट ४ दिनदेखि हराइरहेकी १६ वर्षीया किशोरीको शव भेटिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जकी प्रियङ्का भुजेलको शव कालिन्जोर खोला किनारमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

किशोरीको घरदेखि झण्डै तीन किलोमिटरको दुरीमा रहेको खोलामामा उनको शव भेटिएको प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिए ।  किशोरीको हत्याको आशङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गर्दा शव भेटिएको हो । किशोरीका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाएका छन् । घटनाको प्रकृति हेर्दा पनि बलात्कारपछि हत्या भएको देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।