आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माधव नेपाललाइ छोडेपछि अष्टलक्ष्मी शाक्य बागमति प्रदेशको मूख्य मन्त्री बन्दै

बुधबार, भाद्र २ २०७८

काठमाण्डौं, भाद्र २ । नेकपा एमालेमा ओलीसमूह विरुद्ध कडा आलोचक रहेकी  उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ओली समूहकै समर्थनमा बागमति प्रदेशको मूख्य मन्त्री बन्ने हुनु भएको छ । वरिष्ठ नेता माधव नेपालको साथ छाडेसगै शाक्यलाइ मूख्य मन्त्री बनाउन लागिएको हो ।

शाक्यलाई आजै एमाले प्रदेश संसदीय दलको नेता चयन गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई चयन गर्ने प्रस्ताव गरेका थिए । बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ। बहुमत प्राप्त दलको संसदीय दलको नेता स्वतः मुख्यमन्त्री बन्ने व्यवस्था छ । माधव नेपाल समूहलाइ कमजोर बनाउन ओलीको योजना अनुरुप शाक्यलाइ मुख्य मन्त्री बनाउन लागिएको हो ।