आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अध्यादेश पश्चात : के गर्दै छन् महन्त ठाकुर र माधव नेपाल ?

मंगलबार, भाद्र १ २०७८

काठमाडौँ l केपी ओली संगको लफडा किनारा लगाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २२ सांसदको छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूहका २२ सांसद भेला भएका छन् । यसअघि कार्यदलमा रहेका सदस्यहरुसँग नेता नेपालले छलफल गरेका थिए ।

छलफलमा सहभागी एक सांसदका अनुसार २० प्रतिशतले पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश जारी भएमा तत्कालै नयाँ दल दर्ताको तयारी गरिएको छ ।

“केही नेताहरु काठमाडौंबाहिर हुनुहुन्छ,” ती नेताले भने, “पहिले अध्यादेश जारी होस् त्यसलगत्तै हामी निर्णय गर्नेछौँ ।” उता राजपाको महन्थ ठाकुर पक्ष समेत नायाँ पार्टी गठनको तयारीमा होमिएको छ।