आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अध्यादेशको विरोध देउवा सरकारले थेग्न सक्दैन

मंगलबार, भाद्र १ २०७८

काठमाण्डौं, भाद्र १ । दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सरकारले विरोध थेग्न नसक्ने भन्दै नेकपा एमालेले चेतावनी दिएको छ । संसद बैठक रोकेर भोलिपल्टै अध्यादेश ल्याउने सरकारको कुत्सित योजना सफल पार्न नदिने एमालेले बताएको छ । यसकालागि एमालेले आन्तरिक रणनीति तयार पारिरहेको नेताहरुले दाबी गरेका छन् ।

अध्यादेशको विरोध गर्नेबाटै अध्यादेश आउला भन्ने आफुहरुलाइ विश्वास नभएको भन्दै एक नेताले भने यदि अध्यादेश ल्याए त्यो सरकारले थेग्न सक्दैन ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अधिवेशन अन्त्य गरेको एक–दुई दिनमै अध्यादेश ल्याउन नमिल्ने जिकिर गर्नु भयो ।