काठमाण्डौ, भाद्र १ । अफगान सत्ता नियन्त्रणमा लिएको तालिवानले सबै सरकारी कर्मचारीलाई काममा फर्कन आव्हान गरेको छ । राजधानी काबुल नियन्त्रणमा लिएको दुई दिनपछि तालिवानले सबै सरकारी कर्मचारीलाई आममाफी दिइने भन्दै काममा फर्कन आग्रह गरेको हो ।
सत्ता निर्माणको गृहकार्यमा जुटेको तालिबानले विज्ञप्ती मार्फत सबै कर्मचारीलाइ मनोबल उच्च बनाएर काममा फर्कन अपिल गरेको हो । तालिबानले सत्ता कब्जा गरेसगै सरकारी कर्मचारी डरले गर्दा काममा फर्किन सकेका छैनन् ।
विज्ञप्तीमा तालिबानले अघिल्लो सरकारको रोष कर्मचारी र अन्य सहयोगीमा नपर्ने भन्दै सबैलाइ काममा फर्कन भनिएको छ । तालिबानले आगामी सरकार एक दुइ दिनमै गठन गर्ने तयारी गरेको छ । यसकालागि नेताहरुबीच छलफल भइरहेको छ ।