काठमाण्डौं, श्रावण ३२ । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन । झिनो बहुमतका साथ १८ महिना अघि सत्ता सम्हालेका यासिनले बहुमत गुमाएसगै राजिनामाको दबाब बढेको थियो । गठबन्धनदल मध्येको ठूलो पार्टी युनाइटेड मलेज नेशनलले यासिनलाइ राजिनामा गर्न दबाब बढाएको थियो । आफुलाइ विश्वासको मत दिएका पार्टीले समर्थन फिर्ता लिएपछि उनले आज राजासामु राजिनामा पत्र बुझाएका हुन् । २ सय २२ जना सांसद भएको संसदमा आगामी महिना विश्वासको मत लिएर बहुमत पुष्टि गर्ने यासिनले बताउदै आएका थिए ।