बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तालिबानको उद्घोष : जनता र देशको सेवा गर्ने

सोमबार, साउन ३२ २०७८

तालिबानले अब आफुहरुको काधमा देशको सेवा गर्ने अहम जिम्मेवारी आएको बताएको छ । राजधानी काबुल नियन्त्रणमा लिएको भोलिपल्ट तालिबान नेता मुल्लाह बरादर अखुन्दले भिडियो सन्देस जारी गर्दै अफगानिस्तानमा  स्थिरता–शान्ति कायम गर्ने प्रतिवद्धता जनाएका हुन् ।  तालिबानका उपनेता समेत रहेका अखुन्दले भिडियो सन्देशमा  अबको समय अफगानिस्तानका नागरिकको सेवा गर्ने र उनीहरुको जीवनस्तर सुधार मुख्य लक्ष्य रहेको जनाएका हुन् । 
अखुन्दले भिडियो सन्देशमा भनेका छन्, ‘अब परीक्षणको समय हो, हामीले हाम्रो देशलाई सेवा प्रदान गर्ने छौँ, हामी पूरै देशमा स्थिरता ल्याउने छौँ, नागरिकको जीवन सक्दो सहज र समृद्ध बनाउन काम गर्ने छौँ।’

उनले आफूहरुको पछिल्लो उपलब्धीलाइ  अनपेक्षित रहेको पनि बताएका छन् । यसअघि तालिबानका प्रवक्ता सुहैल शाहीनले तालिबान लडाकुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न निर्देशन दिदै निजी सम्पत्तीको संरक्षणको जिम्मा आफुहरुले लिने बताएका थिए ।