बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकाको कब्जामा, आफ्ना नागरिकको उद्दार गरुन्जेल नियन्त्रणमै रहने

सोमबार, साउन ३२ २०७८

काठमाण्डौं, श्रावण ३२ । अफगानिस्तानको राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपनि अन्तरराष्ट्रिय विमानस्थल अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ ।
दूतावासका सबै कर्मचारीलाई विमानस्थलमा पुर्याइएकोमा उनीहरुलाई स्वदेश फकर्ने बेलासम्मका लागि विमानस्थल नियन्त्रणमा लिइएको अमेरिकी रक्षा र विदेश मन्त्रालयले जनाएका छन् ।

कुटनीतिक कर्मचारी तथा नागरिक फिर्ताका लागि अमेरिकी सेनाले हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल पनि आफैं चलाइरहेको जनाइएको छ ।
अफगानिस्तानका लागि कार्यवाहक राजदूत रोस विल्सनसहित सबै कर्मचारीलाई दूतावासबाट विमानस्थलमा ल्याइसकिएको छ । 

विश्वमा सबैभन्दा ठुला राजदूतावासमध्ये काबुलस्थित अमेरिकी राजदूतावास बन्द गरिएको छ । अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फर्काउन ६ हजार सैनिक काबुलमा पठाएको छ ।
सन् २०१० देखि दुई वर्षसम्म अफगानिस्तानमा बेलायती सेनाको नेतृत्व गरेका जनरल सर निक पार्करले राजनीतिक नेतृत्वले पाठ सिक्ने बेला आएको बताउनुहुन्छ ।