बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अफगानमा रहेका नेपालीको उद्दारका लागि सरकारले काम सुरु गरिसकेको प्रधामन्त्री देउवाको भनाइ

सोमबार, साउन ३२ २०७८

काठमाण्डौ, श्रावण ३२ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानस्थित नेपालीको उद्धारका लागि प्रयास भइरहेको बताउनुभएको छ ।
देउवाको सचिवालयका अनुसार सुरक्षा र उद्धार प्रतिक्षामा रहेको नेपालीलाई ल्याउनु सरकारको दायित्व भएको र जिम्मेवारी पुरा गर्न सरकार तयार छ ।

अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको पनि देउवाले बताउनुभयो ।
हिजोमात्रै परराष्ट्र मन्त्रालयले ह्वाट्सएप, भाइबर तथा दिल्लीस्थित नेपाली दूतावासको हटलाइन सार्वजनिक गरेको छ भने कन्सुलर विभागको वेभसाइटमा दर्ता गर्न सकिने बताएको छ ।

अफगानिस्तानमा प्रत्यक्ष संलग्न नभएको नेपालले रोजगारीका लागि अनुमति दिने गरेको भएपनि नेपालीको संख्याबारे वास्तविक तथ्यांक नभएको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।
कतिपय तथ्यांक अनुसार अफगानिस्तानमा एक हजार पाँच सय हाराहारीमा नेपाली कार्यरत छन् ।