बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालमा आज कति संक्रमित थपिए कति निको भए ? मन्त्रालयले दियो यस्तो अपडेट

आइतबार, साउन ३१ २०७८

काठमाडौँ l नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ७३९ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा ५२२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर ३३ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ।

देशभर हालसम्म ३९ हजार २९८ जना सक्रिय संक्रमित छन्। आइतबार १ हजार ८६७ जना संक्रमणमुक्त भएका छन्।

गत चौबीस घन्टामा ८ हजार ८८ पीसीआर तथा ४ हजार १८ एन्टिजेन परीक्षण भएको छ।