काठमाडौं l सत्तारुढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको हो ।
भदौ १९ गतेदेखि गर्ने भनिएको महाधिवेशन सरेर नयाँ कार्यतालिका अनुसार मंसिर ९–१३ गतेसम्म हुने भएको छ ।
नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते तोकिएको छ भने सोही दिन निर्वाचन निर्देशिका बुझाउने मिति तोकिएको छ ।
वडा अधिवेशन भदौ १८ गते र गाउँ/नगरपालिको अधिवेशन भदौ २७ गते हुने गरी तोकिएको छ । देशैभर एकैपल्ट वडा अधिवेशन हुने मिति भदौ १८ गते आउन अब १८ दिन मात्रै बाँकी छ ।
प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तोकिएको छ ।
जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १०–१२ गतेसम्म हुने भएको छ । केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म हुने जनाइएको छ ।
यस्तो छ कार्यतालिका –
१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने – २०७८ भदौ २ गते
२. निर्वाचन निर्देशिका बुझाउने – २०७८ भदौ २ गते
३. वडा अधिवेशन – २०७८ भदौ १८ गते
४. गाउँ/नगरपालिका – २०७८ भदौ २७ गते
५. प्रदेश क्षेत्र क/ख – २०७८ असोज १ गते
६. संघीय निर्वाचन क्षेत्र – २०७८ असोज ५ गते
७. जिल्ला अधिवेशन – २०७८ असोज १० गते
८. प्रदेश अधिवेशन – २०७८ कात्तिक १०–१२ गते
९. केन्द्रीय महाधिवेशन – २०७८ मंसिर ९–१३ गते