बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

६६ वर्षका अनुपम खेर जिममा किन कडा अभ्यास गर्छन् ?

शनिबार, साउन ३० २०७८

बलिउडका दिग्गज कलाकार अनुपम खेर कुनै कुनै प्रकारले आम मान्छेलाइ हौसला बढाइरहेका हुन्छन् ।

सामाजिक संजालमार्फत उनी भूइ मान्छेका समस्या जीवनका चूनौति लगायतमा प्रेरित गरिरहेका हुन्छन् । दैनिकजसो सामाजिक सञ्जालमा केहि न केहि कुरा सिकाइरहेका अनुपम अहिले भने उनको एउटा भिडियोका कारण चर्चामा छन् । जहा उनले स्वास्थ्यप्रति सचेत हुन प्रेरित गरेका छन् । हालै उनले इन्स्टाग्राममा जिममा कडा अभ्यास गर्दै गरेको भिडियो राखेपछि सर्वत्र उनको प्रशंसा भएको छ । टपलेस भएर जिम गर्दै गरेको भिडियो देख्दा उनी ६६ वर्षियका हुन् भन्ने विश्वास नै हुन्न ।

E7aX6U_XIAM4GXP.jpg

रिल लाइफमा विभिन्न भूमिकामा बाचेका अनुपम खेरले बलिउडा ३७ वर्ष ब्यतित गरिसकेका छन् । सिनेमामा विशेष गरि कमेडी र भिलेनमा देखिने अनुपमले हालै एउटा पुस्तक समेत सार्वजनिक गरेका छन् । 

E7jLU7xXoAoFUhO.jpg

उनको पछिल्लो भिडियोले तनाव र भयमा बाचेको अहिलेको पुस्तालाइ स्वास्थ्य तर्फ सचेत हुन प्रेरित गरेको छ । भिडियो सेयर गर्दै उनले भनेका छन् – तपाइ जति कन्फिडेन्सको उपयोग गर्नु हुन्छ त्यति नै कन्फिडेन्स मजबुद भएजस्तै मसल्सलाइ पनि जति बढि सक्रिय बनाउनुहुन्छ त्यति नै मसल्स पनि बलियो हुन्छ । 
भिडियोमा कमेन्ट गर्ने अधिकांसले उनलाइ प्रौढ बाहुबली भनेका छन् ।