काठमाण्डौं, श्रावण ३० । नेकपा(माओवादी केन्द्र)ले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउने विषयमा शनिवारदेखि छलफल गर्ने भएको छ । सरकार गठन भएको एक महिनाको समिक्षा गर्दै पार्टीबाट सरकारमा हुने सहभागिता र सरकारलाइ प्रभावकारी बनाउने विषयमा छलफल गर्न माओवादीले आज केन्द्रिय समितिको बैठक बोलाएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन एवं सांगठानिक प्रतिवेदन पेश गर्नु हुने छ ।
बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा केन्द्रिय समितिमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।