बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोभिड विरुद्धको खोप उत्पान गर्ने कम्पनीलाइ सरकारले ऋण दिने

शनिबार, साउन ३० २०७८

काठमाण्डौं, श्रावण ३० । सरकारले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगलाई आधार दरमा कर्जा उपलब्ध गराउने भएको छ । हिजो जारी भएको  मौद्रिक नीतिमा  महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने उल्लेख छ ।  

नेपालमा नै कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने सरकारको तयारी  छ ।

यस्तै मौद्रिक नीतिमा अस्पताल नभएका स्थानीय तहमा १०० शैयासम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्रवाह हुने व्यवस्था मौद्रिक नीतिले लिएको छ ।  

कोभिड–१९बाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीलाई निश्चित सीमासम्मको कर्जा उपलब्ध हुने व्यवस्था गरिने गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।