बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तालिबानद्वारा केन्द्रिय राजधानी नियन्त्रणमा लिने प्रयास शान्ति वार्ताकालागि अपिल

शनिबार, साउन ३० २०७८

काठमाण्डौ, श्रावण ३० । निर्णायक लडाइ जारी राखेको विद्रोही संगठन तालिबानले केन्द्रिय राजधानी काबुल नियन्त्रणमा लिने प्रयासमा छ । विद्रोही संगठन काबुल भन्दा ५० किलोमिटर टाढा मात्रै छन् । दोस्रो ठूलो शहर कन्धारलाइ नियन्त्रणमा लिएपछि विद्रोही संगठनको मनोबल बढ्दै गएको छ ।

३४ वटा प्रँन्तिय शहरमध्ये तालिबानले १७ वटामा कब्जा जमाइसकेको छ । यद्यपी तालिबानले अझै पनि वार्ताकालागि सरकारलाइ आव्हान गरेको छ । तालिबानका प्रवक्ता सुहल शरिनले, आफुहरु अझै वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।  

दोहा वार्तामा सरकारबाट सहभागीमध्येका एक जना फजिया कूफीले पनि फलादायी वार्ताकालागि अझै समय रहेको प्रतिक्रिया दिनुभयो ।  
बीबीसी