बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कायममुकायम प्रधानसेनापति शर्मासँग भारतीय राजदूतको भेट

शनिबार, साउन ३० २०७८

काठमाण्डौं,श्रावण२९। कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उहाँहरुबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।