शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सेनाले रारामा गेस्टहाउस खोल्ने

शुक्रबार, साउन २९ २०७८

काठमाडौँ– मुगुमा रहेको नेपालको सबैभन्दा ठूलो ताल रारामा नेपाली सेनाले गेष्ट हाउस खोल्ने भएको छ।

सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै व्यसायिक प्रयोजनको लागि रारामा गेष्ट हाउस खोल्न लागेको नेपाली सेनाले जनाएको छ।

सैनिक कल्याणकारी कोष अन्तर्गत खोल्न लागिएको गेष्ट हाउसमा रारा घुम्न जानेहरुलाई भाडामा कोठा उपलब्ध हुनेछ।

हाल पर्याप्त होटल नहुँदा रारा घुम्न जानेहरुले बास बस्नको लागि सास्ती खेप्नुपर्ने अवस्था छ।

यो पनि

कामु सेनापतिलाई प्रश्न : गरिबको छोरो हुनु पाप हो ?