बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घर घरमा नागको चित्र टासेर नागपञ्चमी मनाइदै

शुक्रबार, साउन २९ २०७८

काठमाण्डौं, श्रावण २९ । आज नाग पञ्चमी । घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा अर्चना गर्दै मनाइँदै छ । श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा गर्ने गरिन्छ । आजको दिन  ब्राह्मण, पुरोहितहरु आआफ्नो जजमानकोमा पुगेर घरको ढोकामा  गाइको गोबर, दूबोसहित नाग अंकित चित्र टास्ने गर्छन् ।   यसरी ढोका या मूल खाबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । यसरी नागका तस्बिर टास्ने   पुरोहितहरुलाई जजमानले गच्छे अनुसारको दक्षिणा, नैबेद्य र भोजन गराउने चलन छ ।

यस दिन विशेष गरी अष्टनाग अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नागलाई पूजा गरिन्छ ।

नागपञ्चमीका दिन ललितपुरको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा विशेष मेला लाग्दै आएकोमा यस वर्ष भने कोरोनाका कारण मेला प्रभावित हुने भएको छ । 

नाग पञ्चमीसगै  बर्षा  घट्दै जाने र  चाडवाडहरुको मौसम शुरु हुन्छ ।