बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सोनामको मुख्यमन्त्रीसम्मको यात्रा

शुक्रबार, साउन २९ २०७८

भूमिगत राजनीतिमा सोनाम उपनामले चिनिने कुलप्रसाद केसी लुम्बिनी प्रदेशका नव नियुक्त मुख्य मन्त्री हुन् ।

117971778_101145688382601_4368887066066515930_n.jpg

विसं २०२७ सालमा रोल्पाको कोटगाउमा साधारण किसान परिवारमा जन्मिएका हुन् । दाङ्गबाट  आइ ए पास गरेपछि २०४८ सालदेखि उनी गाउकै विद्यालयमा स्थायी  शिक्षकका रुपमा दिउसो पढाउदै विहान बेलुका राजनीति गर्दै थिए । २०५० सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रोल्पा जादा उनलाइ कालो झण्डा देखाएको अभियोगमा मुद्दा चलाइयो । खादै गरेको जागिर राजनीतिक मुद्दा लगाएर  खोसियो । जागिर नै गएपछि पार्ट टाइम राजनीति गर्दै आएका केसीले फुल टाइम राजनीति गर्ने लक्ष्य लिए । त्यहि सरकारी निर्णयले उनलाइ माओवादीको लडाकु बनाइ दियो ।

माओवादी आन्दोलनसगै उनको भूमिगत राजनीतिले पनि उचाइ लिदै गयो । वि.सं २०५५ सालमा  नेपाल कम्युनिष्ट पार्टी माओवादीको दाङ, प्युठान र सल्यान जिल्ला सेक्रेटरीका रुपमा केसीले जिम्मेवारी पाए । २०५७ सालमा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्य भए । उनको सक्रियताले उनलाई पार्टी संगठन निर्माण तथा विस्तारका साथै जनसेनाको प्लाटुन कमिसारको समेत जिम्मेवारी बहन गर्ने ठाउसम्म पुरयाइ दियो ।
२०५७ सालमा उनी पार्टीको पोलिटब्यूरो सदस्य  भए । झण्डै ३ वर्ष भारतमा जेल जीवन बिताएका उनी २०६३ साउन २५ गते भारतीय जेलबाट रिहा भए ।

माओवादी विभाजन भएपछि केही समय उनी मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीमा आवद्ध रहे । उनी दोस्रो संविधानसभा बहिष्कार अभियानमा वैद्यसँगै लागे । राजनीति सरल रेखामा बहदैन भनेजस्तै उनी फेरि रामबहादुर थापा ‘बादल’सँगै   माओवादी केन्द्रमै फर्किए । बादल अहिले एमालेमा  छन् ।

तर, कुलप्रसादले भने बादललाइ  छाडेर प्रचण्डको मूलधार नै रोजे । २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा केसी रोल्पाबाट निर्वाचित भएका हुन् । उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए । 

 

236118494_367194705111030_7082068648175590493_n.jpg
मुख्य मन्त्री शंकर पोखरेलका लागि बलियो खम्बा बनेर उनले प्रतिपक्षी कांग्रेससग लडेका थिए । सरकारमा रहदा पोखरेलका हरेक निर्णयलाइ साथ दिएका थिए । राजधानी दाङ्गमा सार्ने र प्रदेशको नामाकारण गर्ने विषयमा कांग्रेसका सदस्यले रोष्ट्रम घेरेर विरोध गर्दा कांग्रेस सांसदसग भिडेका थिए । कांग्रेससग भिड्न  पोखरेलका सारथीका रुपमा रहेका  सोनाम अन्ततः तिनै पोखरेललाइ नै विस्थापित गरेर मुख्य मन्त्री बनेका छन् ।