बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवनियुक्त मुख्यमन्त्री केसीले लिए सपथ

बिहिबार, साउन २८ २०७८

काठमाण्डौं, श्रावण २८ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

 ४ दलीय  गठबन्धनका तर्फबाट बहुमत पाएका केसीले साझ  प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्। प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।

 ४१ सांसदसहित आफ्नो पक्षमा बहुमत दाबी गरेका केसीले ८ महिना मख्य मन्त्री सम्हाल्ने र  बाकी ८ महिना कांग्रेसलाइ सुम्पन्ने सहमति भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।