बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गाउँपालिका अध्यक्ष बब्लु बलात्कार अभियोगमा पक्राउ

बिहिबार, साउन २८ २०७८

काठमाण्डौ, श्रावण २८ । रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुलाइ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले  उनी पक्राउ परेको पुष्टि गरेको छ ।

स्थानीय तह निर्वाचनमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट गाउँपालिका अध्यक्ष निर्वाचत उनलाई तत्कालिन नेकपा एमालेका तत्कालिन उपाध्यक्ष बामदेव गौतम र उपमहासचिब बिष्णु पौडेलले एमालेमा प्रवेश गराएका थिए । पटक पटक दल बदल्दै आएका बब्लु अहिले सिके राउतको पार्टीमा आबद्ध छन् ।

उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।