आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

लुम्बिनीमा : ६ सदस्यीय मन्त्रिपरिषद्, कस्लाई कुन मन्त्रालय ?

बिहिबार, साउन २८ २०७८

मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भइसकेका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।

केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका ३ दलबाट ५ जना मन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएका छ । कांग्रेसका डिल्ली चौधरी, माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बन्ने पक्का भएको माओवादी नेता सुदर्शन बरालले जानकारी दिए।

यस्तै जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बन्ने भएका छन्। चौधरी ग्रामीण तथा शहरी विकास, यादव भौतिक पूर्वाधारमन्त्री हुँदैछन्। अरू भने विना विभागीय हुन्।