बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

को हुन् भावी प्रधानसेनापति प्रभुराम शर्मा ?

बिहिबार, साउन २८ २०७८

सोमवार प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाको प्रचलन अनुसार अवकाश पाउनु एक महिनाअघि घर बिदामा गएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा बलाधिकृत रथी शर्माले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन्। भदौ २४ गतेप्रधान सेनापति थापाको कार्यकाल सकिएपछि शर्माले ९० हजारभन्दा बढी फौज रहेको नेपाली सेनाको नेतृत्व सम्हाल्नेछन्।

रथी शर्माले सन् १९८४ मा श्री पुरानो गोरख गणबाट आफ्नो सैनिक जीवन आरम्भ गरेका थिए। भारतबाट न्याश्नल डिफेन्स कोर्स गरेका उनले अमेरिकाका विभिन्न शिक्षालयहरूबाट तालिमहरू गरेका छन्।

नेपाल-भारतबीच वार्षिक रूपमा सञ्चालन हुने सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकहरूमा भाग लिएको अनुभव पनि उनमा छ। युद्ध कार्य महानिर्देशक, संभाररथी महानिर्देशक र बलाध्यक्षजस्ता जङ्गी अड्डा भित्रका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै उनी नेपाली सेनाको दोस्रो उच्च पद बलाधिकृतमा नियुक्त भएका थिए।

राष्ट्र सङ्घको पूर्वी टिमोर र कङ्गोमा रहेको मिसनमा खटिने नेपाली फौजको कमान्ड गरेका उनी सन् २००८ देखि २०११ सम्म बाङ्ग्लादेशको ढाकामा सैनिक सहचारी रहेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका उनले भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफीलसम्म अध्ययन गरेका छन्। -bbc