काठमाण्डौ, श्रावण २८ । काठमाण्डौ उपत्यकामा जुनसुकै बेला कडा लकडाउन हुन सक्ने भन्दै प्रशासनले सचेत गराएको छ ।
काठमाण्डौ जिल्ला कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले कोभिडबाट बच्न स्वास्थ्य सावधानी नअपनाउने हो भने लकडाउनको विकल्प नरहेको बताउनु भयो ।

गत मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार आज बिहिबार देखि भदौ ८ गतेसम्मका लागि रात्रीकालिन निषेधाज्ञा लागू हुदैछ ।
आज राती ८ बजेबाट यातायात संचालनमा पूर्ण रोक लगाइने भएको छ । दिउसो पूर्णरुपमा खुल्ला तर राती मात्रै गरिएको कडाइलाइ लिएर प्रशासनको आलोचना भइरहेको छ ।
पछिल्लो समय परीक्षण गरिएका ४ जनामध्ये एक जना संक्रमित हुन थालेका छन् । विरामी निको हुने क्रम पनि घट्दै गएको र अस्पतालमा फेरि बिरामीको चाप बढ्न थाले पछि प्रशासनले विज्ञ र सरोकारवालासग छलफल गरेर आगामी कार्ययोजना तय गर्ने बताएको छ ।