बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुलुककै पहिलो फ्लाइ ओभर राजधानीको ग्वार्कोमा यसै वर्ष बन्ने

बिहिबार, साउन २८ २०७८

काठमाडौ, श्रावण २८ । नेपालमा पहिलो पटक फ्लाइ ओभर निर्माणको प्रक्रिया थालिएको छ ।

राजधानीका विभिन्न चोकमा निर्माण गर्ने लक्ष्य अनुरुप ललितपुरको ग्वार्कोलाइ पहिलो चरणमा छानिएको हो ।

यसकालागि ठेक्का प्रक्रिया सुरु भइसकेको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख विजय जैसीले जानकारी दिनुभयो । उहाको अनुसार मुलुकको पहिलो फ्लाइ ओभर नेपाली कम्पनीले नै निर्माण गर्ने छ ।

फ्लाइ ओभरको लम्बाइ ५ सय मिटरको हुने छ भने उचाइ ६ मिटरको हुने छ ।

बालकुमारीबाट सुरु हुने फ्लाइ ओभर बी एण्ड बी अस्पतालमा टुङ्गिने छ ।

ग्वार्कोबाट इमाडोल र मंगलबजार जाने सवारी साधन फ्लाइ ओभरको तलबाट गुड्ने छन् भने सातदोबाटो हुदै कलंकी जाने सवारीसाधन फ्लाइओभरबाट गुड्ने छन् ।

सरकारले गत आर्थिक वर्षमा उपत्यकामा व्यस्त सात वटा चोकमा फ्लाइ ओभर बनाउने कार्यक्रम समेटेको थियो । सोही कार्यक्रम अनुसार ग्वार्कोपछि सात दोबाटो र एकान्तकुनामा फ्लाइओभर या अण्डरपास बनाइने सरकारको योजना छ ।