आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एशियाली विकास बैंकसँग ऋण लिएर सरकारले डेढ करोड खोप किन्ने

बिहिबार, साउन २८ २०७८

काठमाडौ, श्रावण २८ । कोभिड–१९ विरुद्धको खोप खरिदका लागि  एशियाली विकास बैंक (एडिबी)ले  १९ अर्ब ५८ करोड रुपैया  सहुलियतपूर्ण ऋण दिने भएको छ ।

अर्थमन्त्रालयसग एशियाली विकास र्बैकको ऋण सम्झौता भइसकेको छ ।  

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच  अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज खोप खरिद गर्न सकिने र यसबाट ६८ लाख जनसङ्ख्या लाभान्वित हुने नेपाल सरकारले अपेक्षा लिएको छ ।