बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अफगानिस्तानमा तालिबान सरकार आएको हेर्न किन आतुर छ पाकिस्तान ?

बिहिबार, साउन २८ २०७८

पाकिस्तानले  अफगानिस्तानमा पकड जमाउदै गएको विद्रोही संगठन तालिबानलाइ मान्यता दिने संकेत गरेको छ ।

पाकिस्तानका मुलधारका मिडियाले समेत तालिबानप्रति पाकिस्तानी सेन्टिमेन्टलाइ स्पेस दिन थालेका छन् । पाकिस्तानका शिर्ष नेताहरुको भनाइलाइ आधार मान्ने हो भने पनि तालिबानलाइ सत्ता हस्तान्तरण नगरेसम्म अफगानिस्तानमा शान्ति स्थापना हुन सक्दैन ।

पाकिस्तानका अनुसार अमेरिकाको कारण अफगानिस्तान अब धेरै अशान्त बन्न हुदैन । अफगानिस्तानमा शान्तिकालागि तालिबानलाइ सत्ता हस्तान्तरण गर्नु अब बाध्यात्मक अवस्था बन्दै गएको पाकिस्तानको बुझाइ छ ।

_119895553_1af0dd67-59ad-46fe-869c-431308cb923b.jpg

पछिल्लो समय अफगानिस्तानमा तालिबानको शक्ति बढ्दै जानुमा पाकिस्तानको सहयोग रहदै आएको आरोप उसले खेप्दै आएको छ । अफगान सरकारलाइ सहयोग गरेर अस्थिरता लम्ब्याउन भारतले भूमिका खेलेको भन्दै पाकिस्तानी मिडियाले भारतको चर्को आलोचना गरेका छन् ।

अफगानिस्तानमा तालिबानको उदयलाइ भारतको पराजयका रुपमा हेरेको पाकिस्तानले आफ्नै मुलुकमा उदाउदै गरेको पाकिस्तानी तालिबान भोलि आफ्नै टाउको दुखाइ बन्ने सत्यलाइ भने भुलेको छ ।  पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तालिबानी समूहलाइ सैन्य संगठनका रुपमा नभइ आम नागरिकको असन्तुष्टिका रुपमा बुझ्नु पर्ने धारणा राख्दै आएका छन् । तर पाकिस्तानमा संघर्ष गर्दै आएको पाकिस्तानी तालिबानलाइ प्रधानमन्त्री खानले कम आकेको देखिन्छ ।

_119895557_bfb00a9b-fecb-4040-afea-b1cacff5fd80.jpg

इस्लामिक शासनकालागि संघर्षरत पाकिस्तानी तालिबानलाइ भोली अफगानी तालिबानको सहयोग हुनेमा दुइ मत छैन । दुबै तालिबानीले धार्मिक मान्यताका आधारमा राज्य संचालन गर्ने लक्ष्य लिएका छन् ।

सरिया कानूनकालागि लडेका विद्रोही संगठनबीच भोलि सहकार्य नहोला भन्न सकिन्न । तालिबानीको काबुल कब्जालाइ भारत र अमेरिकाको पराजयको अर्थ लगाउदै रमाउने पाकिस्तानी सरकारलाइ तालिबानीको सहयोग होला त ?

_119895555_4896c6e4-d42b-4a7a-a092-906a950e012f.jpg

अफगानिस्तानमा तालिबानी सरकार हेर्न आतुर पाकिस्तानको लोकतान्त्रिक सरकारलाइ सुरक्षाको खतरा भने उत्तिकै देखिन्छ ।
बीबीसी