बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मानवकै कारण विश्वको तापमान बढ्यो , विनाशकारी विपतीको आकलन

मंगलबार, साउन २६ २०७८

संयुक्त राष्ट्र सङ्घले ग्लोबल वार्मिङ बढ्नुको मूख्य कारण   मानव जाति नै ठह¥याएको छ ।  इन्टरगभर्नमेन्टल प्यानल अफ क्लाइमेट चेन्ज ले पृथ्वीको औसत तापमान आगामी एक दशकमा  एक दशमलव पाँच डिग्री सेल्सियससम्म बढ्ने  प्रतिवेदन सार्वजनिक गरेको हो ।  बढ्दो तापमानबाट विश्वभरमा मौसमसँग सम्बन्धित ठूला ठूला विपद आउन सक्ने आकलन गरिएको छ ।

 वायुमण्डलको तापमान बढाउने ग्यासको उत्सर्जन जसरी भइरहेको छ, यहि कारण पछिल्ला दुई दशकमा तापमानको बृद्धि अस्वभाविक भएको प्रतिवेदनमा भनिएको छ ।  

अहिलेकै अवस्था रहिरहे यस शताब्दीको अन्त्यसम्म समुद्रको जलस्तर झन्डै दुई मिटरसम्म बढ्न सक्ने यस अध्ययनसँग जोडिएका शोधकर्ताहरूले अनुमान गरेका छन् । 

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले आईपीसीसी वर्किङ ग्रुपको पहिलो प्रतिवेदन मानवताका लागि खतराको सङ्केत भएको बताउनुभएको छ । 
 जलवायु परिवर्तनको विज्ञानलाई आकलन गर्नका लागि सन् १९८८ मा स्थापना गरिएको राष्ट्रसंघीय संस्था  आईपीसीसीले  विश्वव्यापी तापमान बढ्नुको वैज्ञानिक जानकारी दिदै आएको छ ।  

आगामी नोभेम्बरमा बेलायतमा हुने संयुक्त राष्ट्र सङ्घको जलवायु सम्मेलन मा आइपीसीसीको प्रतिवेदनमाथि थप छलफल हुने बताइएको छ । 
एजेन्सी