बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोरोना संक्रमणको दर घटेन ,परिक्षण गरिएका मध्ये २२ प्रतिशत भन्दा बढि संक्रमित

सोमबार, साउन २५ २०७८

नेपालमा कोरोना संक्रमणको दर दैनिक बढिरहेको छ । पछिल्लो २४ घण्टामा कुल परिक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा थप २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय १५ जना पुगेको छ । 

मुलुकभर १० हजार चार सय ४५ जनाको पीसीआर तथा ६ हजार एक सय ४९ जनाको एन्टिजेन गरी १६ हजार पाँच सय ९४ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ५१ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ पुगेको छ । 
अहिले ३६ हजार दुई सय ८८ जना कोरोनाका सक्रिय सङ्क्रमित उपचार गराइरहेका छन् ।