बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अश्लील भिडियो बनाएका शिल्पाका पतिलाई अदालतले दियो यस्तो आदेश

आइतबार, साउन २४ २०७८

प्रहरी हिरासतमा रहेका बलिउड नायीका शिल्पा सेट्टीका पति तथा ब्यवसायी राज कुन्द्रा थप समस्यामा परेका छन् । उनी अश्लील भिडियो बनाएको र सार्वजनिक गरेको अभियोगमा पक्राउ परेका हुन् । अदालतले उनलाई तत्काल हिरासत मुक्त नगर्ने भएको छ । अदालतको यस्तो निर्णयवाट उनी अझै हिरासतमै बस्नु पर्ने भएको छ ।

बम्बे उच्च अदालतले राजलाई न्यायिक हिरासतबाट तत्काल रिहाइ गर्नुपर्ने मागसहितको रिट निवेदन खारेज गरेको छ । राज र उनका सहयोगी रयान थोर्पेलाई मुम्बई प्रहरीको अपराध शाखाले गएको जुलाई १९ तारिखमा पक्राउ गरेको थियो । त्यसबेला १५ दिनको हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतले उनको रिहाइको रिट खारेज गरिदिएको हो ।

प्रहरीले यो घटनामा संलग्न एक दर्जन कलाकारहरुको वयान लिइसकेको छ । साथै राजका पूर्व कर्मचारीहरुको पनि वयान लिएको छ । उनका केही पूर्व कर्मचारीहरुले राजको ब्यवसायीक र प्राविधिक विषयका बारेमा प्रहरीलाई गोप्य सूचना समेत दिएका छन् ।- एजेन्सी