काठमाडौ, l बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चिरायु खालिङ पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा प्रतिबादी चिरायु खालिङ्लाई पक्राउ गरेको जानकारी दिएको छ ।
खालिङलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ । सिआईबीका अनुसार प्रतिवादीले खालिङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झक्यानमा पारी सेन्चुरी बैकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट २०७७ फागुन १० गते फैसाला भएको थियो ।
प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको छ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।