बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिभिन्न मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ  

शुक्रबार, साउन २२ २०७८

काठमाडौं, l झापामा मानव अपहरण तथा शरीर बन्धक, जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी मोरङ मिल्लाजुङ गाउँपालिका–९ बस्ने ३४ वर्षीय अर्जुन थेबे भन्ने अर्जुन पेहिम लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७३ माघ ५ गतेको फैसलाले मानव अपहरण तथा शरिर बन्धक, जबरजस्ती चोरी मुद्दामा ९ वर्ष १ महिना १५ दिन कैद र ७८ हजार ८ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पर्वतमा पनि ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी बिहादी गाउँपालिका–१ बाच्छा बस्ने ३१ वर्षीय डिल बहादुर नेपालीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्वतको २०७० असार ३ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कुश्मा नगरपालिका–५ बडागाउँबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्यवका लागि जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।