आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सशस्त्र प्रहरीद्धारा सालको गोलिया काठ बरामद

शुक्रबार, साउन २२ २०७८

काठमाडौं, l कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ भदुई जंगलबाट साउन २१ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको ३१ क्यूफिट सिसौको काठ बरामद गरेको छ ।

लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुपुरामा बुझाईएको छ । यसैगरी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ जमुनि ईलाकाबाट साउन २१ गते सशस्त्र प्रहरीले करिब ५९ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । 

लुकाई छिपाई राखेको उल्लेखित मुल्य बरारबको करीव २३ क्युफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ डिभिजन कार्यालय बाँसगढी बर्दियामा बुझाईएको छ ।