बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

बिहिबार, साउन २१ २०७८

म्याग्दी, l बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धवलागिरी गाउँपालिका–६ बस्ने २९ वर्षीया भरीमाया गर्बुजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत म्याग्दीबाट उक्त मुद्दामा ७ लाख ३८ हजार ८ सय ३२ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेकी उनलाई बेनी नगरपालिका–८ कालिपुलबाट प्रहरीले पक्राउ गरेको हो । 

उनलाई म्याग्दी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।