आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

लाखौ रुपैयाँ नगद सहित २१ जना जुवाडे पक्राउ

बुधबार, साउन २० २०७८

काठमाडौ l २१ जना जुवाडे ओखर र नगद सहित पक्राउ परेकाछन ।

महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार मंगलबार काठमाडौ महानगरपालिका वडा १५ विजेश्वरी ईलाकामा अवैध रुपमा पैसाको हारजित हुने गरी ओखर  खेरिरहेको भन्ने गोप्य सुचना महानगरीय प्रहरी परिसर काठमाडौमा प्राप्त हुना साथ विशेष टोली परिचालन गरी विजेश्वरी स्थित प्रकाश शाहीले आफ्नो घरको चौथो तल्लाको कोठामा  ओखर हान्ने स्थान समेत वनाई २१ जना भेला जम्मा ओखर हानिरहेको अवस्थामा फेला पारी ति व्यक्तिहरुलाई  ओखर र नगद चार लाख चार हजार सहित पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान र कारवाही गर्न वृत्त स्वयम्भुमा वुझाईएको परिसरले जनाएको छ ।