सिन्धुपाल्चोक, l हेलम्बु गाउँपालिका–७ चनौटेस्थित शनिबार राति मेलम्ची खोलामा आएको बाढीले १९ वटा पक्की घर, १५ वटा कच्ची घर, १ वटा गोठ, १ वटा फर्निचर, १ वटा पक्की पुल, १ वटा झुलुङ्गे पुल बगाएको छ भने २ वटा पक्की पुल, १ पक्की र २ कच्ची घर समेत पुरिएको छ । साथै बिद्युत÷ ईन्टरनेट सेबा समेत अवरुद्ध भएको छ l
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक तथा मातहत इकाईबाट समेतको प्रहरीले टोली आवश्यक उद्दार कार्य गरिरहेको छ ।