आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सिआईबीद्धारा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

मंगलबार, साउन १९ २०७८

काठमाडौ, l केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सिआईबीका अनुसार बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी ५६ बर्षिय बिनोद कुमार श्रेष्ठलाई आज सोमबार भक्तपुरको काँडाघारीबाट पक्राउ गरिएको हो ।

ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत तुलसीपुर, नेपालगंजबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा प्रतिबादी श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

सिआईबीका अनुसार प्रतिवादी श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी नविल  बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत तुलसीपुर नेपालगंजबाट बिसं २०७७ फागुन १२ गते प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा सात दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।