आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषध कोकिन सहित ९ जना पक्राउ 

मंगलबार, साउन १९ २०७८

काठमाडौं, l १ केजी १२ ग्राम अवैध लागूऔषध कोकिन सहित ९ जनालाई विभिन्न स्थानबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा  काठमाडौं रानीबारी बस्ने ४३ वर्षीया अन्जु थापा मगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापा मगर,गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, भारत दक्षिण गोवा नग्गारवडा भोमा घर भएका ३९ वर्षीय सन्दिप पटेल, धादिङ निलकन्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय मिराज ढकाल, काठमाडौं महानगरपालिका–१३ बस्ने ४९ वर्षीय सुदन शाक्य र धादिङ निलकन्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय मछिन्द्र धमला रहेका छन् । 

पक्राउ मध्ये सुरोजलाई साउन १० गते चितवन भरतपुर महानगरपालिका–७ प्रेमवस्तीबाट पक्राउ गरी काठमाडौं तारकेश्वर नगरपालिका–८ गौरीगाउँबाट ६ सय ८३ ग्राम अवैध लागूऔषध कोकिन, नगद ३ हजार ५ सय ७५ रुपैयाँ र १ थान डिजिटल तराजु बरामद गरेको थियो भने अन्जुलाई साउन १० गते काठमाडौं रानीबारीबाट ३ सय २९ ग्राम अवैध लागूऔषध कोकिन र नगद ७ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो । साथै काठमाडौं रानीबारीबाट मुना, रक्की, रायललाई साउन १० गते, काठमाडौं टोखा नगरपालिका–८  जालपा चोकबाट सन्दिपलाई १ थान डिजिटल तराजु सहित साउन ११ गते, काठमाडौं महानगरपालिका–२६ गल्कोपाखाबाट मिराजलाई साउन ११ गते, काठमाडौं महानगरपालिका–२३ झोंछेबाट सुदनलाई नगद ३५ हाजर रुपैयाँ सहित साउन १३ गते र काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट मछिन्द्रलाई साउन १४ गते पक्राउ गरेको हो । 

यस अघि लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले साउन ७ गते काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित होटलमा अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न ४ जनालाई ५ सय ग्राम अवैध लागूऔषध कोकिन र २ केजी ४ सय ग्राम सुन जस्तो देखिने धातु सहित पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न ९ जनालाई समेत पक्राउ गरिएको उक्त ब्यूरोले जनाएको छ । 

उनीहरु उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तरर्गत म्याद लिई थप बिस्तृत अनुसन्धान कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ ।