शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अवैधरुपमा मदिरा उत्पादन गरी बिक्री गर्ने चिनियाँ नागरिक सी पक्राउ

शनिबार, साउन १६ २०७८

काठमाडौ, l अवैधरुपमा मदिरा उत्पादन गरी बिक्री गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले चिनियाँँ नागरिकले अवैधरुपमा मदिरा उत्पादन गरी गोप्यरुपमा बिक्रिबितरण गरिरहेको छ भन्ने सुचनाको आधारमा अनुसन्धान गर्दा आज शुक्रबार ५६ बर्षिय चिनियाँ नागरिक सी झिफिई लाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिक सी ले २०७८ बैशाख १० गते देखि ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिई होम स्वीट स्मल होटल एण्ड रेष्टुरेन्ट प्राली दर्ता गरेका थिए । उनले त्यही नाउँबाट गैरकानुनीरुपमा मदिरा उत्पादन तथा बिक्री बितरण गर्दे आएका थिए ।

1.jpg

उनलाई आन्तरिक राजश्व कार्याल, स्थानीय जनप्रतिनिधी एवं नेपाल प्रहरीको समन्वयमा पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ । पक्राउ परेको सी को साथबाट ८० लिटरका प्लाष्टिकका ड्रमहरु  र मदिरा उत्पादनको लागि प्रयेगा हुने एक सय १३ थान ड्रम समेत बरामद गरेको छ ।  पक्राउ परेका सी का बिषयमा थप अनुसन्धान भईरहेको महाशाखाले जानकारी दिएको छ ।

3.JPG