शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अबैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

शनिबार, साउन १६ २०७८

काठमाडौं l झापाको मेचीनगर नगरपालिका–९ लिलाबस्तीस्थित लिलाचोकबाट ३४ ग्राम अबैध लागूऔषध ब्राउन सुगर र नगद २ लाख ५१ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने २६ वर्षीय सरोज भुजेल र ३५ वर्षीय निर्मल भुजेल रहेका छन् ।

मे.४ प ४०९७ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोटरसाइकललमा सवार उनीहरुलाई ब्राउनसुगर र नगद फेला पारी पक्राउ गरेको हो ।

कैलालीको भजनी नगरपालिका–५ कौवाखेडा घाटबाट १२ ग्राम ६ सय ३० मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित भारत उत्तर प्रदेश लखिमपुर खिरी बस्ने २५ वर्षीय जितेन्द्र सिंहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यूपि ३१ एएफ ८१६७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बर्दियाको राजापुर नगरपालिका–३ टेरियाबाट ४ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित गेरुवा गाउँपालिका–३ बेलभरिया बस्ने २४ वर्षीय रबिन थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । थारुले चलाई ल्याएको से.१ प ७८१४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।