बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

२९ खोप केन्द्रबाट ललितपुरमा आजदेखि खोप लगाइँदै, यी हुन खोप केन्द्र !

शुक्रबार, साउन १५ २०७८

ललितपुर । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ ।

साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउने छन् ।

khop.jpg

महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।