शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेप्सेमा १५.१३ अंकको गिरावट, करिब ११ अर्बको कारोबार

बिहिबार, साउन १४ २०७८

काठमाडौ l लगातार बढेको नेप्से आज बिहिबार भने घटेको छ । नेप्से आज १५ दसमलव ११ अंकले घटेर तीन हजार ७९ दसमलव ८३ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ४७ अंकले घटेर पाँच सय ७० दसमलव ८५ अंकमा झरेको छ । दुई सय १७ वटा कम्पनीहरुको एक लाख छ हजार छ सय ८२ पटकको कारोवारमा दुई करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ भने कुल कारोवार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा पर्यटन र बिकास बैंक समुहको सुचकहरु बढेर बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ४४ अंकले घटेर दुई हजार ९९ दसमलव ५८ अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ६९ दसमलव ५७ अंकले घटेर १४ हजार नौ सय ९४ दसमलव एक अंकमा झरेको छ । यसैगरी जलबिद्युत, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिडी हाईड्रो डेभलपर कम्पनी परेको छ भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा गुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा पनि गुडविल फाईनान्स नै परेको छ ।