काठमाडौं । नेप्से १५ अंकले बढेको छ । नेप्से आज बुुधबार १५ दसमलव तीन अंकले बढेर तीन हजार ९४ दसमलव ९४ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य दुई अंकले बढेर पाँच सय ७४ दसमलव ३२ अंकमा चढेको छ ।
दुुई सय १९ वटा कम्पनीहरुको एक लाख २८ हजार सात सय ८० पटकको कारोवारमा दुुई करोड ८१ लाख ७० हजार एक सय ७२ कित्ता सेयर किनबेच हुंदा कुुल कारोवार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार पाँच सय ३५ रुपैयाँ पुुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदा आज चार वटा समुहको सुचक घटेर नौ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दसमलव ४५ अंकले घटेर दुुई हजार एक सय नौ दसमलव ९० अंकमा झरेकोमा जलबिद्युुत, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन ।
बिकास बैंक समुहको सुचक भने आज ४८ दसमलव ३६ अंकले बढेर चार हजार आठ सय ३७ दसमलव ९२ अंकमा पुग्दा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुुबित्त र लगानी समुहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा युनाईटेड मोदी हाईड्रो पावर कम्पनी परेको छ ।