बाजुरा । जगन्नाथ गाउँपालिका–६ ईन्देउस्थित लेकबाट १ थान भरुवा बन्दुक र ५० ग्राम बारुद सहित सोही गाउँपालिका–६ बस्ने ४२ वर्षीय ऐन बहादुर रावललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी जुड्डीबाट खटिएको प्रहरीले रावलको साथबाट जंगली जनावर बदेलको जस्तो देखिने २ केजी रातो मासु फेला पारेपछि थप अनुसन्धान गर्ने क्रममा ईन्देउस्थित लेकमा रहेको उक्त बन्दुक र बारूद बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।