बाँके । कोहलपुर नगरपालिका–१२ बस्ने प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे.७ प. ५४८९ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा बर्दिया बारबर्दिया नगरपालिका–९ बैदी बस्ने उमेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले चौधरीको घरमा उक्त स्कुटर लुकाई राखेको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।