काठमाडौंको दक्षिणकाली नगरपालिका–९ बसिन टोलस्थित भित्री बाटोमा भारत घर भएका ४० वर्षीय तेस्वाङ दोर्जे सोमबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, मेचीनगर नगरपालिका–१२ पिपलडाँगीस्थित धान खेतमा सोही नगरपालिका शरेडाँगी बस्ने ७६ वर्षीय दुर्गा बहादुर मुखिया सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रुकुम (पश्चिम), त्रिवेणी गाउँपालिका–४ कुरल बस्ने २५ वर्षीया मनकला खड्का घर नजिकै बारीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।