आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   

मंगलबार, साउन १२ २०७८

काठमाडौं । कास्कीमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने माछापुच्छ्रे गाउँपालिका–२५ नयाँगाउँ घर भएका ३२ वर्षीय हर्क बहादुर बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बिकले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर करणी सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

झापामा पनि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० गोरुहट्टी बस्ने भारत मधुवनी थाना बासोपट्टीग्राम मडिया घर भएका २२ वर्षीय सुरेन्द्र सहनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेन्द्रले ती बालिकालाई ललाई फकाई डरत्रास देखाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।