बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एकैदिन ३ हजार ४२१ कोरोना संक्रमित थपिए, २५ को मृत्यु

सोमबार, साउन ११ २०७८

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ एन्टिजेन परीक्षण गर्दा १ हजार ३०  जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७३८ पुगेको छ।

गत २४ घण्टामा १ हजार ६८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ९०८  जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।