रौतहट । चन्द्रपुर नगरपालिका–८ बस्तिपुरस्थित आश्रय क्रसर उद्योगमा मेसिन अप्रेटरको काम गर्ने धनुषा बिरेन्द्रबजार नगरपालिका बस्ने २७ वर्षीय कुल बहादुर राउतको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
मेसिन मुनी जमेको पानी मोटरबाट तान्ने क्रममा सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सन्तपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।