आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

लागूऔषध कोकिन र सुन जस्तो देखिने धातु सहित ४ जना पक्राउ      

आइतबार, साउन १० २०७८

काठमाडौं । ५ सय ग्राम लागूऔषध कोकिन र सुन जस्तो देखिने २ किलो ४ सय १० ग्राम धातु सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गोरखा जिल्ला गोरखा नगरपालिका–६ छाप्रे स्थायी ठेगाना भएका २९ वर्षीय मुकुन्द खड्का, गण्डकी गाउँपालिका–४ फुजेल स्थायी ठेगाना भएका ३१ वर्षीय मन गुरूङ, गोरखा नगरपालिका–८ स्थायी ठेगाना भएका ४० वर्षीय रेशम बहादुर राना र आरुघाट गाउँपालिका–६ स्थायी ठेगाना भएका ३२ वर्षीय एकराज गुरूङ रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित ‘तिब्बत पिस ईन’ होटलको १०४ नम्बर कोठाबाट मुकुन्द, मन र रेशमलाई उक्त कोकिन सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा मन गुरुङको काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित डेराबाट ६ सय ३८ ग्राम र १ किलो ७ सय ७२ ग्राम गरी उक्त परिमाणको धातु बरामद भएको हो ।

साथै उक्त कारोबारमा संलग्न रहेको खुल्न आएपछि एकराजलाई समेत टोखा नगरपालिका–११ बाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूउपर लागूऔषध कोकिन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।